समाचार

पाल्पा-बुटवल सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

पाल्पा। सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड मर्मतका लागि दैनिक ४ घण्टा बन्द गरिएको छ ।

सो राजमार्गको झुम्सादेखि दोभानसम्मको सडकमा कालोपत्रे गर्नका लागि आजदेखि दैनिक ४ घण्टा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

राजमार्गमा मर्मतका लागि बिहान साँढे १० दजेदेखि साँढे १२ बते तथा दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए।

राजमार्गमा कालोपत्रेको काम मंसिर १८ गते बिहिवारसम्म हुने हुँदा सो दिनसम्म दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *