समाचार

हेलिकप्टरमा चरा ठोक्कियो,नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौँ । बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

उडिरहेको कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा आकस्मिक अवतरण गरिएको हो । चालकको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । हेलिकप्टरको अगाडिको सिसा भने फुटेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *