सम-सामयिक

भारतीय जङ्गलमा नेपाली महिलाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको पुनर्बास नगरपालिका नजिक भारतको दूधुवा नेसनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।

“महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, “ शवसँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।” शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *