काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
उनलाई गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा आफु र निकीतामा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’




