सम-सामयिक

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

फुङलिङ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ ।

विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट रू ६० हजार ऋण लिएका बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशीनु पर्‍यो । त्यस्तै तिरैतो खेती गर्न साहूबाट त्यत्तिकै व्याजदरमा रू चार लाख ऋण लिएका केरसिंङ लिम्बूलाई ऋण चुक्ता गर्न तीन वर्ष लाग्यो ।

केही वर्ष अघिसम्म घर खर्च चलाउन साहू-माहाजनकहाँ रक्सी, मासुलगायत कोसेली बोकेर चर्को व्याजदरमा ऋण माग्न जानुपर्थ्यो । बैंक तथा वित्तीय संस्थामा पहुँच पुग्ने ती साहू-महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेको फक्तुङलुङ गाउँपालिका-६ का श्याम लिम्बूले बताए । साहूले ऋण दिएपछि तिनको गुलामी बन्नु पर्ने र उनीहरूलाई चित नबुझे प्रहरी प्रसाशन लगाएर दुःखसमेत दिने प्रचलन अहिले हटदै गएको उनको भनाइ थियो ।

ती दुवै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर विगत छ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले विभिन्न चार सहकारीमार्फत सुलभ व्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताइन् ।

यसरी सञ्चलित सहकारीमध्ये फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित तागेरा बचत तथा ऋण सहकारी संस्थामा २ सय ४३ महिला २ सय १५ गरी ४ सय ५८ सदस्य, सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित संरक्षण बचत तथा ऋण सहकारीमा २ सय ६ महिला २ सय ३२ परूषसहित ४ सय ३८ सदस्य र वडा नम्बर ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला ५३ पुरूष गरी जम्मा १ सय ४ सदस्य रहेका छन् भने सिरिजङघा गाउँपालिकाको वडा नम्बर ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी १ सय ६० सदस्य रहेका छन् । ती सहकारीले ऋण प्रवाह गर्नाका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय संञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन् ।

वित्तीय पहुँचबाट टाढा रहेका दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक कृयाकलापमा टेवा पु¥याउनका लागि सहकारीमार्फत कार्यक्रम संञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताइन् । अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषी फर्म तथा काठ काटने उपकरण खरिदलगायतका व्यपार व्यवसाय गर्दैआएको स्थनीय कुशल लिम्बूले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *