सम-सामयिक

मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा रहेको पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।

मन्त्री गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको निजी सचिव पौडेलले बताए । मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा प्रवीणविक्रम थापा, डा धीरेश महर्जन, डा रोशन घिमिरे र डा सन्तोष श्रेष्ठ खटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *