समाचार

बाँकेमा कोरोनाबाट ८५ वर्षिया वृद्धाको मृत्यु

नेपालगन्ज । बाँकेमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया वृद्ध रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ जना पुगेको छ । यसैबीच, जिल्लामा आज थप २४ जना सङ्क्रमित निको भइ घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन् ।योसँगै बाँकेमा सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७६२ जना पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *