लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ ।

सामान्य रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले जानकारी दिए ।

द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर परीक्षण गरिएको थियो।संक्रमण पुष्टि भएसँगै उनी होम आईसोलेसनमा बसेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *