सम-सामयिक

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

हेटाैंडा । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण हेटौंडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो ।

उद्योगमा कार्यरत १ सय ९० कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको बताइएको छ ।

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १ सय ९० जनाको यही असोज १४ गते कोरोना संक्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ ।

विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *