काठमाडौं- गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) घनश्याम अर्याल कोभिड १९ संक्रमणबाट मुक्त भएका छन्।
तीन सातादेखि आइसोलेसनमा बसिरहेका डीआइजी कोरोना मुक्त भएसँगै काममा फिर्ता हुने भएका छन्।भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखर भएको कोभिड संक्रमण परीक्षणमा अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो। रिपोर्ट पोजिटिभ देखिएसँगै आफ्नै घरको आइसोलेसनमा बसेका थिए।अर्यालको असोज ११ गते भएको स्वाब परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।




