समाचार

कोरोना सङ्क्रमित महिलाको मृत्यु

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका—१ की ६३ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेकी उनमा असोज १० गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा आज मृत्यु भएको हो । उनीसँगै कोरोना सङ्क्रमणबाट अस्पतालमा मृत्यु हुने सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिकाका दुई र धनगढी उपमहानगरपालिकाका एक जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

अहिले अस्पतालमा दुई जना सङ्क्रमितको कोभिड सघन उपचार कक्षमा र १५ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा आजसम्म १५ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *