देश

थापा नेतृत्वमा पहिलो पटक ४९ जना एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीको ४९ जना उपरीक्षक (एसपी)को सरुवा भएको छ । नेपाल प्रहरीको आज भएको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीले नेतृत्व सम्हालेपछि यो पहिलो सरुवा हो ।

२०७७ साल भाद्र महिनाको तलब खाने गरी सरुवा गरिएको पत्रमा उल्लेख छ । एसपी तुलबहादुर कार्कीलाई नुवाकोट, प्रवीण पोखरेल रुपन्देही, प्रविणलाल श्रेष्ठ गुल्मी, राजन अधिकारी सिन्धुपाल्चोक, राजेन्द्रप्रसाद धमला सप्तरी, सन्तोष कुमार भट्टराई पाल्पा, सन्तोषसिंहर राठौर सर्लाही र होविन्द्र बोगटी स्याङ्जा जिल्लामा सरुवा गरिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *