समाचार

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ को मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही २४ घण्टाकै बीचमा थप ६८१ जना नयाँ संक्रमित पनि फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कुल संक्रमित भने २८,९३८ पुग्दा सक्रिय संक्रमित भने ११,११८ जना मात्र रहेको मन्त्रालयको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *