काठमाडौं। नेपाली कांग्रेसका सचिव प्रमे केसीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत माथि राज्यले अन्याय गरेको बताएका छन ।
नेपाली काङ्ग्रेस केन्द्रीय कर्मचारी कल्याण कोषका उपाध्यक्ष समेत रहेका केसीले खेलकुद बिभागका प्रमुख मोहन बहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधन भएको ६ दिनपछि कोरोना पुष्टि गरेर उहाँको राजनीतिक तथा सामाजिक जीवनमाथि नै राज्यले खेलबाड गरेको आरोप लगाएका छन ।
लोकप्रिय युबा नेता बस्नेतको छबिलाई धमिल्याउने षड्यन्त्रका रुपमा केसीले लिएका छन ।
स्वर्गीय बस्नेतको सब हस्पिटलको सहमतिमा दाहसंस्कार गरिएको भएपनि जर्वजस्ती सब लगेर दाहासस्कार गरिएको भन्ने जस्ता भ्रमपूर्ण समाचार फैलाएर पूर्वमन्त्री बस्नेतको चरित्रहत्या गरिएकोप्रति केसीले आपत्ति जनाएका छन ।
दुःखको घडीमा साहानुभूति दिनुको सट्टा मानिशिक तनाव सिर्जना गर्न राज्य संयन्त्र र सत्तारुढ दलका नेता तथा कार्यकर्ता लाग्नुलाई अमानवीय घटनाको रुपमा केसीले लिएका छन ।
स्वर्गीय बस्नेतको अन्तिम संस्कारमा सहभागी ५६ जना मलामीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।




