एएनआई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ ।
स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनले देहत्याग गरेकाे अधिकारीहरुले जनाएका छन् । आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन ।
उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गरेका छन । उनले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गरेका छन ।
पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहेका राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षको थिए । उनको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।
उनी ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय थिए भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र थिए ।




