शिक्षा / स्वास्थ्य

भीरबाट लडेर मेरुदण्ड भाचिएकी बझाङकी सीता उपचार खर्चको अभावमा ट्रमा सेन्टरमा छट्पटाउदै

काठमाडौं। भीरबाट लडेर गम्भीर घाइते भएकी सीता देवी जोशी उपचार खर्चको अभावमा ट्रमा सेन्टरमा छट्पटाइ रहेकी छन । बझाङको दुर्गास्थली गाउँपालिकी जोशीको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका कारण उपचारमा समस्या भएको हो ।
भीरबाट लडेर भेरुदण्ड भाचिएको र अन्य अंगमा पनि चोट लागेकाले उचारका लागि १० लाख भन्दा बढी खर्च अस्पतालले बताएपछि उनका श्रीमान नन्दराज समस्यामा परेका छन । नजिकका आफन्त कोही नभएकाले उपचार खर्च जुटाउन उनी ट्रमा सेन्टर आसपास भौतारिरहेका छन ।
आफूसंग भएको पैसा घाइते श्रीमतिलाई अस्पताल ल्याउनमै खर्च भएकोले अपरेशन र औसधी,उपचार र उपकरण खरिद गर्न समस्या परेकाले सहयोगका लागि नन्दरामले अनुरोध गरेका छन ।
गाउँपालिकाले सहयोगको अनुरोध सहितको पत्र पठाइएको भएपनि हालसम्म कुनै सहयोग नजुटेको उनले बताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *