कोशी प्रदेश

वेसिन्दा पहिरो पीडितलाई राहत वितरण

संखुवासभा। सिलिचोङ गाउपालिका वडा नं. १ स्थित वेसिन्दापहिरो पीडितलाई संखुवासभा इसाई समाजले राहत वितरण गरेको छ ।
गत आषाढ २७ गते राती वेसिन्दामापहिरो जाँदा ९ घर बगाएको थियो भने ११ जना वेपत्ता भएका थिए । पहिरोमा परेका र पहिरोको जोखिममा रहेको परिवारलाई सुरक्षित स्थानमा सारिए पनि त्यहाँको वसाई, खानपानमा भने समस्या नै रहिरहेको छ । दुई स्थानमा उनीहरुलाई सारिए पनि पीडामा नै वाच्न वाध्य छन । शुक्रवार संखुवासभा इसाइ समाजले दुवै स्थानमा वस्ने १ सय ७ घर परिवारलाई रहत वितरण गरेको समाजका जिल्ला अध्यक्ष हेमन्तकुमार राईले बताए । इसाइ समाजले १ सय ७ घर परिवारलाई चामल २५ केजी, तेल आधा लिटर, नुन १ केजी, दाल १ केजी व्यालङ्गकेट १ थान सहित राहत वितरण गरेको थियो । घरबास गुमाएका ९ घरपरिवारलाई कराई,तपेस लगाएतका भडावर्तन सहित राहत वितरण गरेका हुन ।
कोरोना संक्रमणको त्रास सँगै पहिरोले परिवार र घरबास गुमाएर पिडामा बाचिरहेको वेसिनद पहिराे पिडितलाई राहत सामाग्री वितरण गरेर सहयोग पुर्याएकोमा सिलिचोङ गाउपालिका प्रमुख रामबहादुर राईले इसाई समाज परिवारलाई धन्यवाद दिए । राहत वितरण कार्यक्रममा गाउपालिका उपप्रमुख लालकुमारी राई, वडा नंं १ का वडाध्यक्ष आलक्ष राई, इसाई समाजका जिल्ला सचिव पाष्टर ओमन कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *