समाचार

मनमैंजुमा छुरा प्रहार गरी हत्या

काठमाडौँ । काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । उपचारका लागि ग्रिनसिटी अस्पतालमा पुर्‍याइएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । लक्ष्मणमाथि दोर्जे तामाङले छुरा प्रहार गरेको प्रहरी अधिकारीले जनाएका छन् । फरार दोर्जेको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली परिचालन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *