काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएको खबरले नेपाल तरुण दल केन्द्रीय समितिलाई मर्माहत बनाएको अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय जनताले पटक पटक आफ्नो बस्ती जोखिममा रहेको र संरक्षणका लागि पहल गरिदिनका लागि ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय जिम्मेवार नबन्दा यो अबस्था आएको नेपाल तरुण दल केन्द्रीय समितिको ठहर छ, विज्ञप्तिमा भनिएको छ, ‘यसरी आम जनताको माग प्रति गैरजिम्मेवार हुनेलाई हदैसम्मको कारवाही गर्न तरुण दल माग गर्दछ ।
साथै, बेपत्ताहरुको यथासिघ्र खोजी, घाइतेहरुको उपचार र जोखिममा रहेका परिवारहरुको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गर्दछौ ।
नेपाल तरुण दल जिल्ला, क्षेत्र ,पालिका र वडा समितिलाई पनि उद्दार, राहात र स्थानान्तरण कार्यमा जुट्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गरेको विज्ञप्तिमा उल्लेख छ ।





