समाचार

विराटनगरमा कोरोनाबाट ३० वर्षीय युवकको मृत्यु

विराटनगर । विराटनगर कोसी अस्पतालमा उपचाररत विराटनगर–१५ का ३० वर्षीय युवकको कोरोना संक्रमणबट मुत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

टाउको दुखने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बेलुका ४ बजे मृत्यु भएको थियो ।

शुक्रबार आएको मृतकको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार ६० जना संक्रमित थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *