विश्व

विश्वभर १ करोड ९८ लाख संक्रमित

एएफपी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।

करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।

विश्वभर १ कराेड ९८ लाख मनिस काेराेना संक्रमित छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *