संखुवासभा । खाँदवारी नगरपालिका वडा नंं १ स्थित होटल वान्समोरमा जुवाजन्य खेल भईरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले वडा सदस्य सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पटक पटक व्यवसायिक रुपमा जुवा खेल्ने खेलाउने होटल वान्समोरका हाटल सञ्चालक सुनिल कुमार श्रेष्ठ, अभद्र व्यवहार मुद्दामा दर्ता फैसला कार्यान्वयन भईसकेका चिचिला गाउँपालिका वडा नंं ३ का निर्वाचित वडा सदस्य आशिष राई, सामान्य ठेक्कापटा गर्ने मकालु गाउपालिका वडा नं. १ का लाक्पा शेर्पा, चैनपुर नगरपालिका वडा नंं २ वस्ने मिङमा शेर्पा रहेका छन् ।
नगद रु ४४ हजार २ सय ५ र १ सय ५६ पत्ति ३ बुक तास सहित पक्राउ परेका हुन । जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट जुवा मुद्दामा ७ दिन म्याद थप भई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




