मुख्य समाचार

प्रचण्डकाे सुरक्षामा खटिएका प्रहरीमा कोरोना संक्रमण : दुई अध्यक्षको भेटघाट अन्यौलमा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको हो।

बाहिरी सुरक्षा घेरामा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए। प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेकपाभित्रको विवाद र भेटघाट तथा छलफल पनि ओझेलमा परेको छ । दुई दिन यता दुई अध्यक्षबीच छलफल समेत हुन नसकेको बेला कोरोनाको कारण झन अवरुद्ध हुने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *