समाचार

वीरगन्जमा एकैदिन १ सय ३३ जनालाई संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार उनीहरूमा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन्। उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् । वीरगन्जमा कोरोना संक्रमणको संख्या बढे पछि पछिल्लो समय परीक्षणको दायरा पनि बढाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *