समाचार

गत २४ घण्टामा २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ९ पुग्यो

काठमाडौं। मंगलबार २५९ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
गत २४ घण्टामा ५६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ जना छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १५ हजार २६ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७२ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा करिव साढे दश हजार रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ७ हजार ६ सय ८७ जनको पीसीआर परिक्ष गरिएको जनाइएको छ । नेपालमा पीसीआर विधिबाट परिक्षण गरिएको संख्या ४ लाख नाघेको प्रवक्ता गौतमले जानकारी दिए ।
भोजपुर,संखुवासभा, मनाङ, मुस्ताङ गरी ४ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । रौतहट, महोत्तरी र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन । जसमध्ये काठमाडौका ४८, भक्तपुरका २२ र ललितपुरका १ जना छन ।
कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *