काठमाडाैं। करेन्ट लागेर गम्भीर घाइते भएका संखुवासभा चिचिला ५ का अनिल घलेलाई संखुवासभा तमू समाजले आर्थिक सहयोग गरेको छ ।
समाजले शनिवार एक समारोह आयोजना गरी ९७ हजार ६ सय रुपैंया हस्तान्तरण गरेको हो । विगत तिन हप्तादेखि न्यूरो अस्पताल सुन्धारामा उपचाररत उनी ग्रील कारखानामा काम गर्ने सिलसिलामा ११ हजार भोल्टको विद्युत करेन्ट लागेर घाइते भएका थिए ।
घाइतेको आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या भएकाले समाजले आर्थिक सहयोग गरिएको समाजका उपाध्यक्ष बाबुराम गुरुङले बताए ।




