काठमाडौं । केही दिनअघि काठमाडौँको कमलपोखरीमा गाडीबाटै सुन फ्याँकेर भागेको स्कोर्पियो ललितपुरको नख्खीपोटमा भेटिएको छ । काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार उक्त बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी भेटेको हो। उक्त स्कोर्पियोबाट १५ केजी पहेँलो धातु र २ वटा पेस्तोल फ्याँकेपछि प्रहरीले पिछा गरे पनि भेला पार्न सकेको थिएन। पछि परीक्षणका क्रममा उक्त पहेँलो धातुमध्ये साढे चौध केजी चाँदी भएको पत्ता लागेको थियो।
अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँले छानबिन समिति गठन गरिएकाले प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताउनुभयो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख पोखरेलका अनुसार गाडीको भने पहिचान भइसकेको छ ।




