मनोरञ्जन

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन   

पिटिआई । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेकी थिइन । उनी बलिउडमा झण्डै चार दशक सक्रिय थिइन ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ भएकी थिइन । उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

“उनको गएराती २.३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले भने । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उनको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *