काठमाडाैं। सन्तोष कालिकोटेको ‘नरोक मलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लय तथा शब्द कालिकोटेकै रहेको छ । गीतमा लालुमै लाेक देहाेरीकी चर्चित माेडल श्रृष्टि खड्का र अभि सुनारको अभिनय रहेको छ ।
निशा पौडैलले खिचेको म्युजिक भिडियाेमा कीर्तिपुरका रमणीय दृष्य कैद गरेर छायंकन गरिएकाे छ । गोपाल रसाइलीले एरेन्ज गरेकाे भिडियोलाई निर्मल पौडेलले निर्देशन गरेका हुन् ।
पौडेलले यसअघि ‘बालखैमा दिल बस्यो’ बोलको चर्चित गीतको म्युजिक भिडियो निर्देशन गरेका थिए । उक्त गीत एक करोड २० लाखभन्दा बढी पटक हेरिएको छ ।




