मनोरञ्जन

फिल्म ‘माइकल अधिकारी’ पति पत्नी सौगात र सृष्टि

काठमाडौं । रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने फिल्म ‘माइकल अधिकारी’ सुटिङ सुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्मको बुधवार झापाको विर्तामोडबाट छायाँकन सुरु गरिएको निर्माण संस्था गोपीकृष्ण मुभिजले जानकारी गराएको छ ।

फिल्मको नाम अंकित केक काटेर छायाँकनको शुभसाइत गरिएको फिल्मको निर्देशक रन्जित रौनियार रहेका छन् । फिल्मको कथा सेरोगेसी बताइएको छ ।  फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ । फिल्मको प्रदर्शन मिति आगामी चैत्र २८ बताइएको छ ।

निर्माण युनिटले बुधबार छायाँकनको एक तस्बिर अहिले सार्वजनिक गरेको छ । जसमा रातो कुर्था सुरुवाल लगाएकी अभिनेत्री सृष्टिको सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा पोते देख्न सकिन्छ । त्यस्तै सौगातले पनि नक्कली कपाल लगाएका छन् । तस्बिर हेर्दा फिल्ममा सौगात र सृष्टिको श्रीमान् श्रीमतीको भुमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेल हुन्, भने निर्माता निरक पौडेल रहेका छन् । विर्तामोड र इलाममा खिचिने फिल्ममा राजु बिक्रम थापाको छायांकन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *