मनोरञ्जन

रजनीकान्तको ‘दरबार’ले गर्यो हंगामा

मुम्बई । अभिनेता रजनीकान्तको फिल्म ‘दरबार’ ले दुनियाँभरमा धूम मच्चाएको छ । फिल्मले प्रदर्शनको चार दिनमा विश्वभर १ सय ५० करोड छापेको छ ।

लायका प्रोडक्शन्सले आफ्नो ट्विटर एकाउन्टमा एक पोस्टर साझेदार गर्दै फिल्मको कमाई खुलाएको हो । ९ जनवरीमा प्रदर्शनमा आएको फिल्म तीन भाषामा रिलिज गरिएको छ । फिल्मले तमिल र तेलुगूमा सानदार कमाई गरेको छ ।

तर, ‘दरबार’ ले हिन्दीमा भने खासै राम्रो व्यापार गर्न सकेको छैन । ४ दिनको विकेन्ड पाएको फिल्मले अभिनेता अजय देवगनको फिल्म ‘तानाजी स् द अनसंग वारियर’ र अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ का कारण हिन्दी भर्सनमा राम्रो व्यापार गर्न नसकेको हो । एआर मुरगादोसले फिल्मको निर्देशन गरेका हुन् ।

यसमा रजनीकान्त एंग्री पुलिस अफिसरको भूमिकामा छन् । करीब २५ वर्षपछि उनले फिल्ममा पुलिसको भूमिका निभाएका हुन् । मुरगादोस र रजनीकान्तको यो पहिलो फिल्म हो । फिल्ममा नयनतारा, सुनील शेट्टी, प्रतीक बब्बर, निवेता थोमस, योगी बाबूलगायतका कलाकारहरुको पनि अभिनय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *