शिक्षा / स्वास्थ्य

एनएमसीले भन्यो-पीडित भएको अनुभुती भए न्यायको बाटो रोज्नोस्

काठमाडौं।नेपाल मेडिकल कलेजले सुनिता राईको मृत्युको विषयलाई लिएर बिभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति दुख व्यक्त गरेको छ ।
भोजपुरकी सुनिता राईको डेलिभरी गराउने क्रममा अचानक स्वास्थ्यमा समस्या देखिई गत २५ गते निधन भएको थियो । अस्पतालकी प्रसुति तथा स्त्री रोग बिभाग प्रमुख प्रा.डा प्रमिला प्रधानका अनुसार डेलिभरीका क्रममा राईलाई छारे रोगजस्तो काम्ने झड्का लागी बिरामी बेहोस भएको थियो ।
चिकित्सकहरुको अथक प्रयासले पनि आमालाई बचाउन सकिएन । शिशु भने सामान्य अवस्थामा जन्मिएको थियो । तर, बाहिर सञ्चार माध्यममा चरम लापरबाही गरेर भित्रि अंगहरुनै निकालेको भन्ने जस्ता तथ्य र आधारहीन आरोप लगाउदै समाचारहरु आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार भ्रामक र कपोकल्पित हुन । यदि पिडितलाई शंका लागेको खण्डमा कानुनी बाटाहरु प्रसस्त छन् ।

यथार्थरुपमा नबुझि एक पक्षिय ढंगबाट समाचार सम्प्रेसण गर्दा स्वच्छ र निस्पक्ष पत्रकारीता माथिनै प्रश्न उठ्न सक्ने भएकाले आगामी दिनमा यस्ता घटनाको समाचार सम्प्रेसण गर्दा बिशेष ख्याल गर्न कलेजले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *