काठमाडौँ । पछिल्लो समय सञ्चारकर्मीहरु धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन् । ति मध्यका एक हुन् कुमार आचार्य ।
आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘कसो कसो माया बस्यो’ सार्वजनिक भएको छ । प्रल्हाद तिमिल्सीना र शान्ता खत्री कार्कीको स्वर रहेको गीतमा शान्ताको शब्द तथा रमेश कुमारको संगीत रहेको छ ।
भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कबिता रायको अभिनय देख्न सकिनछ । डान्सिङ बिटमा तयार पारिएको गीतमा हरिश खनालको कोरियोग्राफी, बिष्णु खड्काको सम्पादन तथा रवी कोइरालाको छायाँकन रहेको छ ।




