काठमाडौं । अभिनेत्री रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा महिला भन्दा बढी पुरुष शोषणा पर्ने गरेको बताएकी छन् । सोमबार पत्रकार डिभी खड्काले पुस्तक ‘नियत’ सार्वजनिक कार्यक्रममा अभिनेत्री ‘नियत’ले महिला कलाकारको पीडा उठाइएको र पुरुषको पिडा समेट्न नसकेमा दुःख ब्यक्त गरिन् ।
प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट यौनको प्रस्ताव आएको बताइन् । ‘म नेपाली चलचित्रमा आउनु पूर्व म्युजिक भिडियोमा काम गर्थे’ उनले भनिन् ‘सो क्रममा केही ब्यक्तिबाट घुमाउरो पारा यौन प्रस्ताव आउने गर्दथ्यो ।’
कार्यक्रममा कलाकार लक्ष्मी बर्देवाले अभिनय क्षेत्रमा गलत नियतको सिकार हुनु नपरेको बताइन् । कार्यक्रममा लखक डिबीले चलचित्र क्षेत्रका ३५ अभिनेत्री, गायिका र मोडलका कथा पुस्तकमा समेटिएको बताए ।
कार्यक्रममा लेखक खड्काले कसैलाई पनि मर्का नपर्ने गरि मर्यादित ढंङगबाट पुस्तकमा समावेश अध्यायलाई प्रस्तुत गरिएको बताए ।
अम्बर बहादुर खड्का, नारायण अमृत, रेखा थापा, लक्ष्मी बर्देवा र स्वस्तिमा खड्काले एकसाथ पुस्तक बिमोचन गरेका हुन् । उनीहरुले सिनेमा क्षेत्रका अँध्यारो पटोको बिषयमा खुलेर बोलेका थिए ।




