मनोरञ्जन

मिसेज व्यूटी क्वीन नेपाल २०२०को ट्यालेन्ट सो सम्पन्न

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको लेट मिइन मिसेज व्यूटी क्वीन नेपाल २०२० मा सहभागी भएका १६ जना प्रतियोगीहरुले आफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी प्रतियोगीहरुले नृत्य , गायन , नाटक मुक्तक,कविता साथै विभिन्न महिलाहरुको हकहितको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
उक्त कार्यक्रममा सहभागी प्रतियोगीहरु क्रमस सन्तोषी शाही ले छाउपीढीको विषयमा आफ्नो विचार राख्नु भएको थियो भने समिसा गिरीले रिमिक्स गितमा दमदार नृत्य प्रस्तुत गर्नु भएको थियो त्यसैगरी  रिता कार्की , सृजना गौतम, अमिता अमात्य , रस्मीला शाही, दिपा ढुङ्गाना र सुहाना अर्यालले पनि नेपाली गितमा नृत्य प्रस्तुत गरी आफ्नो प्रतिभा देखाउनु भएको थियो ।
सविता सर्मा , सुम्नीमा चौधरी , सिता अर्चना पौड्याल र उर्मीला खत्रीले महिला अधिकारको विषयमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।  सृजना पनेरुले भने मुक्तक वाचन गर्नुभएको थियो । सरिता कर्णविहारीले नाटक प्रस्तुत गर्नु भएको थियो  त्यसै गरि देवकला पुन र रन्जना निरौलाले कविता वाचन गरेर आफ्नो प्रतिभा प्रर्दशनी गर्नु भएको थियो ।
उक्त कार्यक्रमको निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई , गायीका विष्णुमाया पौडेल र जुम्वा प्रशिक्षक सोनाम केसी रहुन भएको थियो । यस कार्यक्रमको अन्तिम छनौट कार्यक्रम यहि माघ २ गते नाचघर जमलमा सम्पर्न हुनेछ । साथै प्रतियोगिताका विजेताले “लेट मिइन मिसेस व्यूटी क्वीन नेपाल २०२०”को उपाधी सहित टिभिएस स्कुटर , इन्डोनेसीयाको वालि भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु उपहारहरु पाउने छन । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *