काठमाडौं। चिकित्साशिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाका बन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन् ।
‘शुल्कफिर्ता नगरे कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं,’चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुपमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ ।’आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमा वा पूरा नगरेमा कठोर निर्णय लिन वाध्यहुने उनको चेतावनी थियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्न लागेको उनको भनाई थियो ।
चन्दले चिकित्साशिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्त्य गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नया ँउचाईमा पुर्याइने बताए । आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो । माफियासंग लड्न सडकबाट बलिदान समेत दिनतयार रहेको उनले बताए । उनले भने‘न्याय नपाएसम्म हामीले गरेको आन्दोलन रोकिने छैन् ।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए । पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभएसम्म अब तिर्नु पर्ने पैसामा रोक लगाउने बताए । उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धित निकायसम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षामा फियामुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘सरकारले खुल्ला रुपमा भन्नु पर्यो कि हामी माफियालाई साथ दिन्छौं ।’ राज्यलगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए ।
संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन् । पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन् । उनले भनिन्,‘मंसिर १० बाट मन्त्रीपरिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्कफिर्ता गर्ने निणर्य कार्यवान्यन भएको छैन् ।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न माग गरिन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ताखानु परेको उल्लेख गरिन् ।
मेडिकल कलेजका विद्यार्थी सुक्रान्त पौडेलले पाँच महिनादेखि जारी आन्दोलनले कुनै निष्कर्ष नआएकोले आन्दोलनको स्वरुप बदलेको बताए । सरकारले मेडिकल माफियाहरुलाई न्यायको कठघरामा ल्याउन नसकेको भन्दै आन्दोलनको स्वरुप बदल्न वाध्यभएको बताए । उनले भने,‘एमबिबिएस र बिडिएसलाई मात्र सरिकारले सम्वोधन गरेको उल्लेख गर्दै सरेकारवालाहरु माफियासंग टेबलमुनिबाट पैसा लिएको आरोप लगाए । उनले भने,‘सरकारलाई सबै कुरा थाहाहुँदापनि केहीकदमचालेन ।’
कार्यक्रमम ाअभिभावक महेश अधिकारीले एतिहासिक आन्दोलनले सरकारले केही गर्ननसकेको गुनासो पोखे । अभिभावकलाई अतिरिक्त शुल्कको चापमा अझै राखिएको उनको भनाई थियो । सरकारले कारबाही गर्छु भन्दा पनि केहीगर्न नसकेको बताए । शुल्कफिर्ता नभएसम्म अब तिर्नुपर्ने कुनै पनिशुल्क नतिर्ने उनको भनाई थियो ।आफूहरुको माग सम्बोधन गर्ने गरी वार्ता राम्रोसंग भए कलेज खुलाउन तयार रहेको बताए ।
शिक्षा / स्वास्थ्य




