मुख्य समाचार

१ हजार १७२ जनामा कोरोना संक्रमण, १८९३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको छ। देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ। सँगै बुधबार सात जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

उपत्यकामा थपिए ६३७
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँका ४९२, ललितपुरका ५० र भक्तपुरका ९५ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन् । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ र ललितपुरका १ जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *