मुख्य समाचार

कांग्रेस महामन्त्री डा. कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांगे्रसका महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमणको सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी शनिबार दिउँसो साढे ११ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । संक्रमण देखिएको एक सातापछि श्वासप्रश्वासमा समस्या देखिएपछि महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भए पनि महामन्त्री डा. कोइराला डाक्टरको सल्लाहअनुसार केही दिन होम आइसुलेसनमा बस्ने छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक सञ्जाल फेसबुकमा डा. कोइरालाले लेखेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।

मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *