कला/साहित्य

प्रश्न

कुइरोमा रुमल्लिएको काग जस्तो
उदिशाहीनभएको छ
उसलाई थाहा छैन बाँच्ने कला
जिन्दगीलाई सराप्दै
पलायनताको बाँसुरी फुक्छ
अनि गाउँछ जिन्दगीको अधुरो गीत ।

मउसलाई भरोसा दिन्छु
पच्याउँदैन मेरो कुरा
एकोहोरो सुन्छ मात्रै प्रतिक्रियाविहीन
फुस्रा आँखा पल्टाएर
बाक्लाओठ लेप्राउँदै
मलाईप्रश्न गर्छ
दाजै, जिन्दगी के हो ?

मअनुत्तरित छु
म सँग बनिबनाउजबाफ छैन
उदाश र नाङ्गै छ जीन्दगी
बसन्तखोशिएको चिमलीको बोट जस्तो
उजाड र बाङ्गो टिङ्गो छ जिन्दगी
उकालीउक्लदै
ओरालीझर्दै
भरियाले ढाकरमाबोकेको पत्रु भाँडा जस्तो
दुईकौडीको दाममालिलाम हुन्छ जिन्दगी
हार जितको दौडमा सामेल भएपनि
जितको लठ्ठी अर्कैलाई खोसाएर
हार बेहोर्छ जिन्दगी ।

उक्लान्त छ
गन्तव्य हराएर
उसले बुझेकै छैन जीवन संघर्ष
बुझेकै छैन बलिदानको कथा
अस्तित्वको लडाइ लड्छ मान्छे
खोज्छ स्वतन्त्रता र मुक्ति ।

उ बेमतलब गर्छ स्वतन्त्रता र मुक्ति
फुङ्ग उडेको उदास अनुहार लिएर
लामो केश कन्याउँदै
ङिच्चदाँत देखाई
जीवनबाटकिन भाग्छ उ ?

जीवन प्रिय हुनु पर्ने
जीवन सँग प्रेम गर्छु म
मेरो प्रेमलाई घृणा गर्छ उ
मेरो सौहार्दता बिर्सिएर
मेरो बदनाम गर्छ उ ।

जीवनको परिभाषाबुझाउँनखोजेकै थिएँ
मुक्तिको मार्गचित्रदिनखोजेकै थिएँ
उसको हर अप्ठेरोमा सहयोग गरेकै थिएँ
किनचित्तदुखायो उसले ?
मेरो छायाँमा त्रशित हुन्छ उ
मजतिनजिक जान्छु
म बाट टाढिन्छ उ
मलाईभन्दैन उसको पीडा
निन्याउरो अनुहार लाएर
मलाईएकोहोरो हेर्दै
किन रोइरहन्छ उ ?

प्रकाशचन्द्र खतिवडा

सुन्दरहरैंचा –६, दुलारी, मोरङ

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *