
काठमाडौ । साहित्यकार संजय गौतमद्धारा लिखित कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट बिमोचन भएको छ । परम्परागत शैली भत्काउदै संजयको कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट श्रावण १४ गते सोमबार बिमोचन भएको हो ।
साहित्यकार संजय गौतमद्धारा लिखित कथा संग्रह “अस्तित्व” भर्चुअल माध्यमबाट बिमोचन भएको छ ।कथाकार संजय गौतमका पूजनिय बुबाको जन्मदिनको अवसरमा विमोचन गरिएको उक्त कथा संग्रह उहांका बुबा आमा लगायत समाजमा आफ्नो मिहेनत र प्रतिभाको जगमा आफूलाई स्थापित गरेका परिचित व्यक्ति ,२०७८ सालको मदन पूरस्कार बिजेता प्रसिद्ध साहित्यकार नवराज लम्साल (भिडियो सन्देशद्वारा), नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, कलाकारहरु मनोज गजुरेल, दिपा श्री निरौला र सुबोध गौतम, बैंकर तथा नबिल बैंकका नायब महाप्रबन्धक मनोज कुमार ज्ञवाली,कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल, कमेडियन सुमन कोइराला ‘दले दाई’, कैलाश कार्की, लेखक तथा अधिकारकर्मी अनिता कोइराला, रन्जु दाहाल, सुमन घिमिरे ‘वर्षा’ साथै प्रशासक तथा सामाजिक विश्लेषक रेनुका वस्नेत, समालोचक तथा लेखक उमेश अवस्थी ‘आदर्श’ र शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल गरी १७ जना व्यक्तित्वहरुले आफ्नो फेसबुकको भित्तामा कथा संग्रह “अस्तित्व” हातमा लिएको फोटो सहित पोष्ट गरी विमोचन गरिएको छ ।