काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग आजदेखि फेरी सुचारु हुने भएको छ । अन्तर्राष्ट्रिय ब्रेकका कारण रोकिएको लिग आजदेखि फेरी शुरु हुने भएको हो ।
लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । आज एन्फा कम्प्लेक्समा संकटा क्लब र खुमलटार युथ क्लबबीच खेल हुने छ भने अर्को खेल च्यासल मैदानमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच हुने तालिका रहेको छ ।
अहिलेसम्म ए डिभिजन लिगमा पाँच चरणका खेल सम्पन्न हुदा सातदोबाटो युथ क्लब १२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज ११-११ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यस्तै १० अंकसहित जावलाखेल युथ क्लब चौथो स्थानमा रहेको छ ।
त्यसैगरी एनआरटी २ अंकसहित १३औ र नेपाल पुलिस क्लब १ अंकसहित पुछारमा रहेर दुवै क्लब रेलिगेसन जोनमा रहेका छन् ।
अंकतालिका :





