खेलकुद

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल । मनाङ मर्स्याङ्दी क्लब २२औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा शनिबार भएको फाइनल खेलमा सडन डेथमा ८-७ गोल अन्तरले सुदूरपश्चिम-११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको हो ।

यस अघि निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट हुदै सडनडेथबाट भएको थियो । टाई ब्रेकरमा दुवै टिमले ४-४ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा मनाङ मर्स्याङ्दी क्लबले ८-७ ले जितेको थियो ।

प्रतियोगिताको विजेता मनाङले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता सुदूरपश्चिम-११ ने ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *