काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईले नेपालले दिएको २४९ रनको लक्ष्य पछयाइरहेको छ ।
यसैक्रममा युएईले सातौं विकेट गुमाएको छ ।
नेपाललाई सन्दीप लामिछानेले सातौ विकेट दिलाएका छन् । यस खेलमा उनको यो दोस्रो विकेट हो ।
यसअघि ललित राजबंशीने ३ विकेट लिएका छन् भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका छ ।
यो समाचार तयार गरुन्जेल युएईले १८ ओभरमा ७ विकेट गुमाएर ५३ रन बनाएको छ ।




