खेलकुद

युएईलाई नेपालको मध्यम लक्ष्य

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुदै २४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७७ रन बनाए भने आरिफ सेखले ४३ रनको योगदान दिए । त्यस्तै गुलशन झाले ३७ रन बनाए भने भिम सार्कीले २९ रन, कुशल भुर्तेलले ८, आसिफ सेख ०, कुशल मल्ल ९ रन, सन्दीप लामिछानेले २ रन बनाएर आउट भएका थिए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए भने सोमपाल कामीले २ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर आयान अफजल खान, जावर फरिद, जाहूर खान र रोहन मुस्ताफाले २-२ विकेट लिए भने आर्यान लाक्रा र जुनैद सिद्धिकीले एक एक विकेट लिएका थिए ।

२४९ रनको लक्ष्य पाएको युएईले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *