काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
विवादका बीच बुधबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले अल्बर्टोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
साथै एन्फाले चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट मूल्य निर्धारण गरिएको छ।




