खेलकुद

सन्दीप लामिछाने यूएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

उनी आज (बुधबार) दिउँसो तीन बजे यूएई प्रस्थान गरेका हुन् । उनीसँग एक जना क्यानका सदस्य पनि गएका छन् ।

भोलि (बिहीबार) आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र युएईको खेल हुँदैछ । आईसीसीले खेल्ने अनुमति दिएमा सन्दीपले भोलिको खेल खेल्नसक्ने भएकाले उनी आजै युएई गएका हुन् ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज युएईमा भइरहेको छ । पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *