ताजा समाचार

राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमण्डलाई

काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै न्यू डायमण्ड च्याम्पियन बनेको हो ।

पहिलो पटक च्याम्पियन बन्ने क्रममा न्यू डायमण्डले एपीएफलाई २८–२६, १९–२५, २५–२२, २५–१९, २४–२६ र १५–९ ले हराएको हो ।

उपाधिसँगै न्यू डायमण्डले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो बनेको पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

मंगलबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *