काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।
एक महिना लामो प्रक्रिया पूरा गर्दै मन्त्रालयले भारतीय नागरिक मोन्टीलाई नियुक्त गरेको हो ।
प्रमुख प्रशिक्षक नियुक्त भए पनि मोन्टीसँग औपचारिक सम्झौता भने बाँकी नै छ । सम्झौता गरी मोन्टीले औपचारिक रुपमा प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद राखेपले जानकारी दिएको छ ।
मोन्टीले औपचारिक नियुक्ति नपाइ नै अघिल्लो साताको आइतबारदेखि नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् ।




