काठमाडौँ । जारी नेपाल टी-२० अन्तर्गत लुम्बिनी अल स्टार्सले काठमाडौँ नाइट्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछाएको काठमाडौँ १५.४ ओभरमा ८१ रन बनाएर अल आउट भएको थियो ।
आजको यो खेल १७-१७ ओभर खेलाइएको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनाएको थियो ।
यो लुम्बिनीको आठौ जित हो । यो जितपछि ९ खेलमा लुम्बिनी अल स्टार्सको १६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
त्यस्तै काठमाडौँ नाइट्सको ८ खेलमा ८ अंक छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।




