काठमाडौं । सेन्ट्रल एसियन जोन यू-२३ भलिबल च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।
लिग चरणमा जितबिहीन भएपनि चारवटा मात्रे टिम सहभागी भएकाले नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । यी दुईबीच लिग चरणमा भेट हुँदा नेपालले ३ – ० को सोझो सेटमा पराजय व्यहोरेको थियो ।
लिग चरणका अन्य खेलमा नेपालले श्रीलंकासँग पनि ३ – ० कै पराजय व्यहोरे पनि किर्गिस्तानसँग ३ – २ को प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, किर्गिस्तान तथा श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्को सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।




